मानव अधिकार आयोगले बोलायो आइजिपी कुँवरलाई

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ।

मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पुर्‍याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए।

यसबारे प्रश्न उठेपछि चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे खण्डन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित