मंसिर २१ सिरहा सिरहाकाे गोलबजारस्थित “माँधमिनी स्वीट एण्ड चाट हाउसले बिग्रेको खानेकुरा बिक्री गर्दै आएको छ। ग्राहकहरूले यस्तो अवस्थामा यसले जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने भन्दै गुनासो गरेका छन्।
स्थानीय उपभोक्ताहरूको भनाइमा, माँधमिनी स्वीट एण्ड चाट हाउसले खानेकुराको गुणस्तरप्रति ध्यान नदिई बिग्रिएका र स्वास्थ्यका लागि हानिकारक सामग्रीहरू बिक्री गर्दै आएको छ। केही ग्राहकहरूले खानेकुराबाट अस्वस्थ भएको गुनासोसमेत गरेका छन्।
यो विषयमा उद्योग व्यवसाय संघका अध्यक्ष विजय साहलाई जानकारी गराउँदा पनि प्रतिकृया जनाएको छैन्न । साहले यसबारे कुनै चासो नदिएको भन्दै उपभोक्ताहरू थप निराश भएका छन्।
उपभोक्ता संरक्षण कार्यालय तथा स्थानीय प्रशासनले यस घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन्। यस विषयमा विजय साह र माधमिनी स्वीट एण्ड चाट हाउसका सञ्चालकहरूको धारणा लिन प्रयास गर्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
जनस्वास्थ्यसँग सम्बन्धित यस समस्यालाई समयमै सम्बोधन नगर्ने हो भने यसले गम्भीर परिणाम निम्त्याउन सक्छ। सम्बन्धित निकायहरूले तत्काल ध्यान दिनु आवश्यक देखिन्छ।
Discussion about this post