मंसिर २२ सिरहा जिल्लाको गोलबजार नगरपालिका–८ मा हालै निर्माण भएको कृषि सडकले स्थानीय किसान हरु खुसी भएका छन् । किसानहरूको जीवनमा सकारात्मक प्रभाव समेत पारेको छ। स्थानीय कृषक किसुन देव महतोका अनुसार यो सडकले कृषि उत्पादनको ढुवानी सहज बनाएर नगरपालिकाले कृषिमा सुधार ल्याएको छ।
सडक निर्माणका लागि प्रधानमन्त्री शो-रोजगार कार्यक्रम र नगरपालिकाको बजेटबाट रकम व्यवस्थापन गरि सडक निर्माण गरेको छ । सडक निर्माण भएपछि किसानहरूले आफ्नो उत्पादन सजिलै बजारसम्म पुर्याउन सक्ने भएकाले उनीहरूमा उत्साह देखिएको छ।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ का अनुसार, यो सडक निर्माणले कृषि क्षेत्रको विकास मात्र होइन, आर्थिक सुधारमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।सडक निर्माणको लागि स्थानीयवासीले समेत सघाएका थिए। किसानहरूले आफ्नो उत्पादन, तरकारी, अनाज, र फलफूल समयमै बजारमा पुर्याउन पाएकोमा अत्यन्त खुशी व्यक्त गरेका छन्।
नगर पालिकाले लगभ सबै वडामा कृषि सडक र कृषि बिधुतिकरण गरेको नगरपालिकाले जनाएको छ । कृषि सडक र कृषि बिधुतिकरण नभएको ठाउँमा पनि कामगर्ने जनाएको छ ।
कृषि बिधुतिकरण र सडक निर्माणको यो सफलताले अन्य स्थानमा पनि यस्ता योजनाहरू लागू गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।
Discussion about this post