माओवादी केन्द्रका र एमाले उम्मेदवार १/१ गाउँपालिका अध्यक्षमा विजयी

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रका १÷१ उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मतका साथ विजयी भएका छन् ।

यसैगरी मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९६९ मतका साथ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी स्वामीकात्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारी र जाजरकोटको नलगाड गाउँपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित