सिरहा, १६ मंसिर । सिरहाका स्कोरपीयोको ठक्करबाट एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ । नम्वर नखुलेको स्कोरपीयोको ठक्करबाट भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवको आईतबार विहान मृत्यु भएको हो ।
भारत तर्फ मदिरा तस्करी भईरहेको छ भन्ने सूचनाका आधारमा टोलिले स्कोरपीयोलाई आज विहान ३ बजेतिर चेक गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्कर दिँदा घाइते सईलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशीक अस्पताल लहान लगेपनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सई यादव सिरहाको नरहा ४ घर रहेको यादव कचनारी १ वडहरी बेस क्याम्पका कार्यरत थिए ।
सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्करदिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिले सम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।
पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट भारत लान ठिकपारेका मदिरा बरामद भईरहेको छ ।


















Discussion about this post