सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो

Picture of हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

काठमाडौं– सरकारले सुनको भन्सार दर घटाएको छ। भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो।

सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए। यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए। चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ उनले भने। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित