गोलबजारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न,दुइ सय पचास जनाले सेवा लिए

Picture of हरियो पाटी

हरियो पाटी

556
SHARES
762
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

 

सिरहा मंसिर ६ सिरहा गोलबजार नगरपालिका र जनकपुरको जानकि मेडिकल कलेजको प्राविधिक सहयोगमा काेबिड अस्पतालमा आयोजित निशुल्क स्वास्थ्य शिविर गोलबजारमा सम्पन्न भएको छ। शिविरमा विभिन्न रोगका बिरामीहरूको उपचार गरिएको थियो।

शिविरमा २ सय ५० जनाले सेवा लिएका छन्, जसमा १५० महिला र १०० पुरुष सहभागी भएका थिए। स्थानीयहरूका अनुसार यस्तो स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

गाेलबजार नगरपालिकाका जिन्सी साखा प्रमुख निरन्जन साक्यका अनुसार आगामी दिनमा यस्ता शिविरलाई अझ प्रभावकारी बनाउन प्रयास गरिने बताएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा उपलब्ध गराएको थियो।

नगरपालिकाको विशेष पहलमा आयोजना गरिएको शिविरको सफल आयोजनाका लागि स्थानीयवासीले नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन्।निशुल्क स्वास्थ्य शिविरमा बिभिन्न रोगका बिरामि हरुलाइ औसधि समेत उपलब्ध गरएका प्रमुख साक्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित