मंसिर १ बिहान ८ बजेबाट चोहर्वा बजार विकास समितिको निर्वाचन आधा घन्टा ढिलाेगरि मतदान सुरु गरिएको छ। मतदान ढिलाइ हुनुको कारण प्राविधिक र व्यवस्थापनसम्बन्धी केही समस्याहरू रहेको बताइएको छ। मतदान शान्तिपूर्ण तरिकाले सुरु भएको छ। समितिका अध्यक्ष, उपाध्यक्ष र सचिव तिन पदका लागि कुल ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण ढंगमा सञ्चालन भइरहेको छ। मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ र व्यवस्थापन पक्षले सुरक्षित र व्यवस्थित निर्वाचनका लागि आवश्यक तयारी पूरा गरेको छ। मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई अनुरोध गरिएको छ।
निर्वाचन सम्पन्न भएपछि मतगणना र नतिजा सार्वजनिक गर्ने कार्य पनि छिट्टै हुने अपेक्षा गरिएको छ। चोहर्वा बजार विकास समितिको नेतृत्व चयनका लागि हुने यस निर्वाचनमा स्थानीय स्तरमा ठूलो चासो रहेको छ।
Discussion about this post