कर्तिक २९ चोहर्वा – सिरहा जिल्लाको चोहर्वा बजार विकास समितिको निर्वाचनमा नागेन्द्र महतोको प्यानलले व्यापारीहरूलाई भेट्न र आफ्नो कार्यक्रमबारे जानकारी गराउन घर दैलोमा पुगि व्यापक घरदैलो अभियान सञ्चालन गरेको छ।
यो अभियान अन्तर्गत, महतोको नेतृत्वमा रहेको प्यानलले व्यापारीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो योजनाहरू, बजार व्यवस्थापनका नीतिहरू र व्यापारिक समुदायका हितका लागि गर्ने कामहरूबारे चर्चा गरेका छन् ।
बजारमा व्यापक चर्चाले नागेन्द्र सिह महतो प्यानलले एक सय पचिस देखि एक सय ३५ मलले सम्म ल्याउने स्थानीय बेपारी हरु बताएका छन । मंसिर १ गते हुने चोहर्वा बजार विकास समितिको निर्वाचनमा नागेन्द्र महतोको प्यानलले भारि मतले बिजय हुने निश्चिति देखिन्छ ।
व्यापारीहरूसँगको संवादमा प्यानलले विशेष रूपमा बजार विकास, सुरक्षा, सरसफाइ, व्यापारिक सहुलियतहरू र नयाँ अवसरहरूको सिर्जनामा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ। धेरै व्यापारीहरूले प्यानलको दृष्टिकोण र कार्ययोजनालाई सकारात्मक रूपमा लिएका छन् भने आगामी निर्वाचनमा समर्थनको प्रतिबद्धता पनि जनाएका छन्।
महतोको प्यानलले चोहर्वा बजारको समग्र प्रगतिका लागि व्यापारीहरूको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यापारिक वातावरण सुधारमा जोड दिएको छ।
Discussion about this post