गाेलबजार २७ कात्तिक। सिरहाको चोहर्वा बजार विकास समितिको आगामी मंसिर १ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा दुई जनासहित ६ जनाको उम्मेदवारी दर्ता गराएको छ्। अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जना र बाँकी पदहरुमा एक एक जनाले उम्मेदवारि दर्ता गराएका छन।
अध्यक्ष पदको लागि नागेन्द्र कुमार सिंह महतो र सुनिल कुमार सिंह, उपा–अध्यक्षमा हृदय प्रसाद सिंह र राम बिलास महतोको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी सचिवमा शिव कुमार यादव र शशि कुमार सिंह, कोषा–अध्यक्षमा रामप्रकाश सिंह र भवानि श्रेष्ठले उम्मेदवारी मनोनयन गराएका थिए । कोषा–अध्यक्षका उमेदवार रामप्रकाश सिंहले उमेदवारि फिर्ता लिएपछि भवानि श्रेष्ठ निर्विरोध भएका छन ।
सह–सचिवमा संतोष कमार राय र कोषा–अध्यक्षका भवानि श्रेष्ठ सहित नागेन्द्र सिह महताेको प्यानल बाट ८ जना निर्विरोध भएका छन । जसमा ६ जना सद्स्य पदका उमेदवार हरु रहेको निर्वाचन अधिकृत श्याम कुमार महतोले बताएका छन।
Discussion about this post