कार्तिक २२ सिरहा, । सिरहा छठपर्वको आज तेस्रो दिन ब्रतालुहरु साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन छैठघाट तर्फ जाने क्रम सुरुहुन थालेका छन् । सिरहाका पोखरी तथा जलाशयमा ब्रतालुहरु पुग्न थालेका छन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट जानेक्रम शुरु हुन थालेको छ ।युवाहरु आज बिहिबार विहानै देखि केराका बोट, ध्वजा पताका लगाएर घाट सजाउन वेस्त छन् । सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु अहिले वेहुलीझै सिंगारीएका छन् । चार दिन सम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अर्घदिई रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित थीत संगत, कथा कहानी सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छ । भोली (शुक्रबार) विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न हुने गर्दछ ।
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाएका छन्। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन् ।
छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि बत्तीले पाँचपटक ढोग्नुपर्छ । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।
यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार र सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
छठ पर्वलाई मध्येनजर गर्दै विशेष शुरक्षा
जिल्ला प्रहरी कार्यालय सिरहाले छठ पर्वलाई मध्येनजर गर्दै विशेष शुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । एसपी पण्डितका अनुसार तराइको महत्वपूर्ण पर्वलाई लक्षीतगरी विशेष सुरक्ष सतर्कता अपनाइएको जनाए । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट २सय ६० जनानेपाल प्रहरी र दुईसय ४० जना ससस्त्र खटाइएको जनाएका छन् ।
प्रत्यक छठका घाटहरुमा प्रहरी परिचालन गरिने जनाएको छ । सिरहामा तिनसय ६४ स्थानमा छठका घाटहरु रहेकाले ती सवै ठाउँमा प्रहरी परिचालन गरिने जनाएको छ ।
चाड पर्वको वेला महिलामाथि दुरव्यवहार र लुटपाटको घटना हुसक्ने भन्दै व्यपक मात्रामा प्रहरी परिचान गरिएको जनाएको छ । सवै घाटहरुमा सादा पोसाकका प्रहरीपनि प्रयाप्तमात्रामा परिचालन गरिएको पनि सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डित जनाएको छ ।
Discussion about this post