लहानका नगर प्रमुख महेश चौधरी विरुद्ध बिरोध प्रदर्शन

हरियो पाटी

हरियो पाटी

574
SHARES
786
VIEWS

यमुना खनाल लहान

लहान – खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गरेको भन्दै खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ ।
लहान नगरपालिकाका प्रमुख महेश चौधरीले  नहर मासेर ढल बनाउने कार्य स्थकित गर्ने दलका प्रतिनीधि र संघर्ष समती संग  पटक पटक सहमति गरे पनि नगर प्रमुखले बलमिच्या गर्दै रातारात  हुयम पाएप राख्ने कार्य नरोकेपछि  समितिले लहानमा प्रदर्शन गरेको हो ।

खुटी नहरको पानी लहान नगरपालिकाका बिभिन्न वडा हुदै  ,सखुवानन्कारकट्टि गाँउपालिकासम्म  लैजाने योजना बमोजिम  खुटी खोलामा डेड बक्स बनि सकेको छ । तर लहान नगरपालिका भने जबरजस्ती सिंचाई नहरलाई सुख्खा नहर भन्दै नहर मासेर ढल निकासको योजना संचालन गरेपछि किसानहरु आक्रोसित भएका हुन् ।

नेकपा एमाले लहान नगर कमिटि किसान महासंघ तथा किसान संसर्ष समितिसंग नगर प्रमुख महेश चौधरीले नहर संचालन गर्न पटक पटक सहमति गर्ने र सहमति तोड्दै काम निरन्तर अगाडी बढाउने गरेपछि किसानहरुले मेयरको अबैधानिक कदमको कडा बिरोध गरे ।

यता लहान नगरपालिकिाले किसान संघर्ष समितिलिाई बार्ता र संबादका लागि आबह्वान गरेको छ । तर संघर्ष समितिले नहरमा राखेको ह्युम पाएप नहटाए सम्म बार्तामा नबस्ने बताएका छन  ।

समितिले पटक पटक धोकाधणी गर्ने मेयर चौधरीको बिश्वास नभएको भन्दै आफुहरुको पहिलो शर्त भनेकै ह्यम पाएप हटाउने भएको किसान संघर्ष समिति सदस्य शंकर चौधरीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित