सुखिपुर व्यापार संघको अध्यक्षमा सूर्यनारायण यादव बिजय

हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS
?????????????????????????????????????????????????????????

सिरहा, १० कात्तिक। सिरहाको सुखिपुर उद्योग व्यापार समितिमा  अध्यक्ष सुर्य नारायण यादव (सुरज) प्यानलसहित निर्वाचित भएका छन्। पाचौं कार्यकालको लागि सम्पन्न निर्वाचनबाट  यादव ४ सय ६४ मतसहित विजयी निर्वाचित भएका हुन्।

निकटतम् प्रतिपक्षी बिजय गुप्तालाई १ सय ७४ मत बढी प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उध्दब हमालले जानकारी दिए।

घोषित मत परिणाम अनुसार सुर्य नारायण यादव समूहबाट प्रथम उपाध्यक्ष राकेश कुमार पुर्वे ६ सय ७३मत, द्वितीय उपाध्यक्ष रमेशकुमार महतो ६ सय ५६ मत, महासचिव दिनेश कुमार यादव ६ सय १० मत, सचिव संजय कुमार यादव ६ सय ३५ मत, कोषाध्यक्ष रोशन कुमार साह ६ सय ८७ मत प्राप्त गरेका छन्।

त्यसैगरी खुल्ला सदस्य कपिल देव यादव, संजय चौधरी, प्रमोद कुमार साह, राकेश यादव, लोकेन्द्र प्रसाद महतो निर्वाचित भएका छन् भने, महिला सदस्य शिवकुमारी देवी साह, दलित महिला सदस्य नैन कुमारी पासमान, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार सुखिपुर उद्योग व्यापार समितिको तीन वर्षे कार्यकालका लागि छ पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिको निर्वाचनमा कुल १३ सय २५ मतदातामध्ये १ हजार १ सय ६७ मत खसेको थियो।

सुखिपुर व्यापार संघका अध्यक्षमा यादव चयन भएपछि स्थानीय व्यापारी र व्यवसायीहरूमा खुशी छाएको छ। यादवको नेतृत्वलाई व्यापार संघमा नयाँ योजनाहरू लागू गर्दै व्यवसायिक क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यादवले अध्यक्षको रूपमा व्यवसायिक हितलाई प्राथमिकतामा राख्दै सुखिपुर क्षेत्रको आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्। संघका अन्य पदाधिकारीहरूमा पनि यादवको प्यानलले सबैजना विजयी गराएर बलियो नेतृत्व पंक्ति स्थापित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित