सूचनाको हक सम्बन्धी शिविर सम्पन्न

हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

बद्री नारायण यादव/
सिरहा,९ कार्तिक । सूचनाका लागि राष्ट्रिय महासंघको आयोजनामा सूचनाको हक सम्बन्धी प्रदेश स्तरिय दुई दिने प्रशिक्षण शिविर सम्पन्न भएको छ ।

सूचनाको हकको अवधारणा, आवश्यकता, निर्माण र सूचना हक सम्बन्धी व्यवहारिक प्रयोग तथा त्यसले ल्याउने परिवर्तनका सन्दर्भ झल्काउदै बरिष्ठ पत्रकार तथा सूचना अभियन्ता तारानाथ दहालले सहजीकरण गरे ।

हरेक नेपालीले सार्वजनिक निकायमा गएर आफ्नो सरोकारका सूचना माग्न पाउने सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीले व्यवस्था गरेको उनले बताए । उनका अनुसार नागरिकलाई सहज तरिकाबाट सूचना दिनकै लागि हरेक सार्वजनिक निकायमा कार्यालय प्रमुख भन्दा एक तह तलका कर्मचारीलाई सूचना अधिकारी र सूचना शाखा राख्ने व्यवस्था समेत गरेको छ ।

सार्वजनिक निकायले सहज रुपमा सूचना नदिएको अवस्थामा त्यसको गुनासो सुन्ने निकायको रुपमा राज्यले राष्ट्रिय सूचना आयोगको स्थापना गरेका छन् । सूचना नपाएको अवस्थामा जो–सुक्कैले तोकिएको प्रक्रिया पु¥याएर निःशूल्क उजुरी र पुनरावेदन गर्न सक्ने उनले प्रष्टाए ।

सूचना प्रदान गर्न राज्यले गरेको व्यवस्थालाई नागरिकले राम्रोसँग प्रयोग नगरेको कारण भ्रष्टाचार र दण्डहिनता बढ्दै गएको उनले दुखेसो पोख्दै भने,‘सूचना माग्ने अगाडी बढ्यो भने दिने क्रम पनि बढ्ने छन् त्यसको प्रभावमा पारदर्शीताको परिपाटिको विकास भई भ्रष्टाचार न्यूनीकरण हुनेछ ।’

सूचना माग्न र दिन पाउने व्यवस्था परिमार्जन हुँदै सूचनाको हक सम्बन्धी ऐन र नियमावली नागरिक समाज, अभियानकर्मी र अन्य पक्षका व्यक्तिहरुको साँझा प्रयास स्वरुप राज्यले स्थापित गरेको हुँदा त्यसको व्यवहारिक प्रयोगका लागि पनि तिनै पक्षहरुले क्रियाशिलता देखाउनुपर्ने खाँचो पर्न थालेको उनको सुझाव दिए ।

शिविरमा सूचनाको हकलाई व्यवहारिक प्रयोग र देखा परेको चुनौती तथा त्यसको निकासबारे सामुहिक छलफल समेत भएको थियो । सो छलफलको क्रममा मधेश प्रदेशको जिल्लाहरुमा देखा परेको समस्या र निकासका उपायबारे बृहत छलफल भएको थियो ।

‘सूचना मागौं, भ्रष्टाचारको अन्त्य गरौं’ मुख्य सलोगनका साथ भएको उक्त प्रशिक्षण शिविरमा मधेश प्रदेशको आठवटै जिल्लाका ४० जना भन्दा बढि सूचनाको हकका चासोकर्ताहरुको सहभागीता रहेको आयोजनाले जनाएका छन् ।

एसिया फाउण्डेशनको सहयोगमा महासंघले संचालन गर्दै आएको मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवद्र्धन परियोजना अन्तर्गत मधेश प्रदेशको जनकपुरधाममा भएको शिविरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेको थियो भने महासंघका अध्यक्ष उमिद बाग्चनले अध्यक्षता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित