ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

नवलपुर, असोज १८ गते । नवलपुरको विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिनयी त्रिबेणी –४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्रि सडक खण्डमा पिधरीबाट दुम्किबासतर्फ जाँदैगरेको लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकले नियन्त्रण गुमाई सडकको बाँयातर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर भुइँमा लड्दा सोही ठाउँको ५४ वर्षीय ओमबहादुर पल्ली मगरको मध्यविन्दु प्रादेशिक अस्पताल दण्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित