जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले पार्टीबाट राजीनामा दिएका हुन्।

राजीनामा दिएका नेताहरूले अब पूर्णकालिक सदस्यका रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन्।

‘हुंकार मधेश’ अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। अभियानले मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक विषयलाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने जनाएको छ।

अभियानले छिट्टै सय दिने ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गर्ने तयारीसमेत गरेको बताइएको छ। उक्त यात्रामार्फत मधेशसहित देशभर अभियान विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित