आन्दोलनका लागि तयारी रहन नेता कार्यकर्ताहरूलाई जनमत पार्टीको निर्देशन

Picture of हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

काठमाडौँ । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको प्रवक्ता यादवले बताए ।

यस्तै मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । त्यस समितिमा रहने सदस्यहरू निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्वअध्यक्ष, वडा अध्यक्ष र वडा पूर्वअध्यक्ष रहने प्रवक्ता यादवले जानकारी दिए । निर्वाचन परिचालन समितिले कार्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन समेत निर्णय गरेको उनले जानकारी गराए ।

संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने, बिस्तार गर्ने, पार्टी  प्रवेश गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरी आगामी हुने  निर्वाचन २०८४ मा बहुमतले तिनै तहमा सरकार बनाउनका लागि हरेक किसिमको तयारी गर्ने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित