गाेलबजामा उतिमलाल अस्पतालको लुट धन्दा सामान्य सुत्केरी गराउन ७४ हजारको बिल

हरियो पाटी

हरियो पाटी

562
SHARES
770
VIEWS

गाेलबजारमा अबैध रुपमा संचालनमा रहेको उतिमलाल मेमोरियल हस्पिटल प्रा.लि ले सामान्य सुत्केरी गराउदा ७४ हजार रुपैयाँ भएको मौखिक जानकारि गराएर रकम असुलेका छन । अस्पतालले हालसम्म सुत्केरी महिलाको परिवारलाइ लिएको रकमकाे बिल समेत उपलब्ध गराउन सकेका छैन्न । अबैध रुपमा संचालनमा रहेको उक्त अस्पताल दर्ता प्रकृयामा मात्र रहेकाे अस्पतालले संचालकले हरियो पाटी लाइबताए । 

सिरहा, ३० असोज। नेपाल सरकारले मात्रीशिशु मृत्यु दर घटाउन मात्री शिशु सुरक्षा कार्यक्रम लागू गरेको छ। यश कार्यक्रम अनुसार स्वास्थय केन्द्रमा प्रसूती हुन प्रोत्साहन गरिन्छ। दक्ष स्वास्थयकर्मीले सुत्केरी गराउदा आमा र बच्चाको ज्यान जोखिममा पर्दैन।

अस्पताल भित्र रहेकाे बिरामि राखिने फोहर बेड तस्बिर हरियो पाटी

यसैको फाईदा उठाउँदै गोलबजारसहित जिल्लाका निजि अस्पतालहरुले प्रसूति हुने महिलाहरुबाट मोटो रकम असुलि गरिरहेका छन्। गोलबजारस्थित उतिमलाल मेमोरियल अस्पतालले सामान्य सुत्केरी गराए बापत ७४ हजार रुपैयाँ असुलेको छ।

गोलबजार नगरपालिका वडा नम्वर २ गुरुधामकी सीता महतो सुत्केरी हुन २५ गते शुक्रवार उतिमलाल मेमोरियल अस्पताल पुगेकि थिइन। अस्पताल पुगेको केही वेरमै उनी समान्य रुपमा सुत्केरी भईन्।

पिडित महिला सिता देबि महताे

सामान्य सुत्केरी भएपनि अस्पतालले रक्त अलपता (एनेमियाँ) भएको र बच्चाको स्वास्थ्यमा समस्या भएको भन्दै चारदिन अस्पतालमा राखे। चारदिन पछि उनलाई एकैपटक ७४ हजारको विल थमायो।

सुत्केरी सीताका मामाले भने, ‘चारदिन पछि न्वारन गर्न घर पठाईदिनु पर्यो भनेपछि अस्पतालले पुरा रकम नबुझाएसम्म जान नदिने भन्यो। मैले कति दिर्नुपर्छ भन्दा ७४ हजार तिर्नुपर्छ भनेपछि म आफै अचम्मा परें, चिनेजानेका आफन्तहरुसँग भनसुन गराएँ।

अस्पतालको अवस्था फोहर र अ बेवस्थि अस्पताल

तर, कुनै उपाय नलागेपछि १७ क्विन्टल धान बेचेर ५० हजार बुझाएँ र १० हजार पछि दिने सर्तमा आमा र बच्चलाई घर जान दिए।’

यता अस्पतालका सञ्चालक समेत रहेका डाक्टर शुशिला महतोले सुत्केरी गराएर आमा र बच्चालाई पाँच दिन सम्म राखेर उपचार गरेको बताए। उनले भने, ‘हामीले औषधीर उपचार खर्च लिएको हो।

विरामीसँग धेरै रकम लिएको जस्तो लाग्छ भने बसेर हेरौं म त्यसको लागि पनि तयार छु।’

यी घटना एउटा उदाहरणमात्र हुन्। सिरहाका निजी अस्पतालरुले सामान्य विरामीसँग पनि मनलाग्दी ढङ्गले रकम असुल्ने गरेको घटना पटक पटक सार्वजनिक हुने गरेको छ। तर, नियमनकारी निकायको मौनता भने सङ्कास्पद छ। राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित