करेन्ट लागेर २ बालिकाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

539
SHARES
739
VIEWS

मकवानपुर – मकवानपुरको हेटौंडामा जमेको पानीबाट करेन्ट लागेर शनिबार दिउँसो २ जना बालिकाको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका –१६, चिसापानी नजिकै रहेको कभर्डहलमा ११ केभी पिन इन्सुलेटर भाँचिएर करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको हो।

११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा करेन्ट प्रवाह भएको र पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–१ की ९ वर्षीया र हेटौंडा–१६ की ७ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हिँडिरहेको अवस्थामा पानीमा खुट्टा परेपछि अचानक करेन्ट लागेर दुवै जना बेहोस भएका थिए। दुवै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित