कैलालीमा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

Picture of हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

कैलाली–  कैलालीमा बञ्चरो प्रहार गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।शुक्रबार राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो।हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ।

घरायसी विवादमा उनले पत्नीको हत्या गरेका प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित