गोलबजारमा सुविधा सम्पन्न कलेज खुल्यो

Picture of हरियो पाटी

हरियो पाटी

631
SHARES
864
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;

सिरहा, २२ भदौ। सिरहाको गोलबजार नगरपालिका ४ स्थित माउण्ट एभरेष्ट सेकेण्ड्री वोर्डिङ्ग स्कूलले यो वर्षबाट उच्च शिक्षा अध्यापनको कार्य प्रारम्भ गरेको छ। विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कूलले माउष्ट एभरेष्ट इन्टरनेशनल कलेजको नाममले उच्च शिक्षामा पाइला चालेको हो।

निजी क्षेत्रबाट विद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान बनाएका माउण्ट एभरेष्टले वीवीए (व्याचलर अफ विजनेश एडमिनिष्ट्रेशन) सङ्कायबाट उच्च शिक्षामा पाइला चालेको कलेजका संस्थापक तथा प्राचार्य मनोज कुमार यादवले जानकारी दए।

उनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भने, ‘दुई दशकको शैक्षिक अनुभव संगालेर हामी उच्च शिक्षाको क्षेत्रमा पाइला चाल्न सपफल भएका छौं। उच्च शिक्षतर्फ हामी अव बामे सर्दै छौं। तर आगामी ५ वर्षभित्र अन्य शैकिक्षक कार्यक्रमहरु थपेर माउण्ट एभरेष्ट इन्टरनेशनल कलेजलाई शैक्षिक सम्पदाको रुपमा खडा गर्ने छौं।’

जारी विज्ञप्तीमा, ‘शिक्षा विशुद्ध व्यापा होइन, यो समाज, राष्ट्र र मानवताका लागि दिईने योगनान पनि हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै हामी औचित्यपूर्ण शुल्कमा वीवीए अध्ययन अध्यापन गराउँछौं’, भनिएको छ।

सोही क्रममा प्राचार्य यादवले निकट भविष्यमै अन्य थप कार्यक्रमहरु पनि ल्याएर यस क्षेत्रका विद्यार्थीहरुले सहज र शुलभ तरिकाले उच्च शिक्षा अध्ययन गर्न सक्ने वातावरण वनाउने बताए। उनले आफूले नीजि लगानीमा कलेज सञ्चालन गरेको भएपनि आफूले सामाजिक दायित्व कहिल्यै नभुल्ने बताए। उनले शैक्षिक विषयबस्तुसँगै विद्यार्थीलाई योग्य व्यक्ति बनाउन आफ्नो तर्फबाट सधै प्रयत्न गर्ने प्रतिबद्धता समेत जनाए।

कलेजले यहि आर्थिक वर्षबाट राजर्षि जनक विश्व विद्यालयबाट वीवीए (व्याचलर अफ विजनेश एडमिनिष्ट्रेशन) कार्यक्रम सञ्चालन गर्ने सम्वन्धन प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित