गोलबजार ल्याउदै गरेको चाँदीको गहनासहित एक युवक पक्राउ

हरियो पाटी

हरियो पाटी

583
SHARES
799
VIEWS

१८ भदौ ।
सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गर–गहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमालिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानले लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षिय दिपेन्द्र विश्वकर्मालाई करिव ८ केजी चाँदीको गहना सहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिर तर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रंगको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिव ८ केजी चाँदीको गहनासहित नियन्त्रयामा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले कहाबाट र कसकालागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गर–गहनासहित विश्वकर्मालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

विश्वकर्मा भरीयामात्र भएको स्थानीय एक व्यसायीले गोलबजार र लहानकै व्यसायीको लागि भारतबाट गहना ल्याएको बताए । ती व्यसायीले थपे, ‘लहानमात्र हैन सिरहको सवैजसो बजारमा भारतबाट अवैधरुपमा चाँदीका गहनाहरु प्रहरीकै मिलेमत्तोमा आउने गर्छ । यो पटक सेटीङ्ग विग्रेर समातिएको हुन सक्छ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1