गोलबजार नगरपालिकाले वृद्धि गरेको भुमि कर फिर्ता हुन्छ ।

हरियो पाटी

हरियो पाटी

563
SHARES
771
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

सिरहा भदौ १६-  सिरहाकाे गाेलबजार नगरपालिकाले करको दर हेरफेर गर्न नगरपालिका तयार रहेको बताएका  छन। नगरपालिकाले आज विज्ञप्ती जारीगर्दै गोलबजार नगरपालिकाका वडा नम्वर ६ का अध्यक्ष समेत रहेका प्रवक्ता संजिव कुमार लामाले पालिकाले भूमिमा लगाएको कर वृद्धिको विषयमा विभिन्न दलले गरिरहेको विरोध प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ।

जरी विज्ञप्तीमा नगरले वृद्धि गरेको करप्रति दल र जनताले उठाएको आवाजको नगरले समिक्षा गर्दै करको दर हेरफेर गर्न नगरपालिका तयार रहेको उल्लेख गरेको छ। सोहि विज्ञप्तीमा १५ दिन भित्र सो कर सम्बन्धी सवैको हितमा

उपयुक्त हुने निर्णय गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। नगरपालिकाले नगरबासिमा पर्नगएको असुबिधा प्रती गम्भीर रहेको भन्दै नगरले वृद्धि गरेकोकर दल र जनताले उठाएको आवाजको नगरले समिक्षा गर्दै करको दर परिवर्तन गर्न नगर तयार रहेको बताए ।

नगरपालिकाले जनताको आवाज, सुझाव तथा अधिकारलाई सधै सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरेका छ। नगरको बिकासमा सबैको साथ र सहयोग जरुरी रहेको भन्दै नगरबिकासमा सबै नगरबासिमा सहयोग गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित