रामभरोसि यादव
सिरहा, ११ भदौ । सिरहामा महिलाहरुको एक समूहले गोलबजार नगरपालिका ७ स्थित श्रृजनशील लघुवित्त वितीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा आगजानी गरेको छ । महिलाहरुको समूहले दुवै कार्यालयमा कार्यालय प्रायोजनका कागज, कम्प्यूटर, ल्यापटप मोबाइल जलाएका हुन् ।
तत्काल क्षतिको विवरण एकीन नभएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने,तत्काल क्षतिको विवरण जानकारीमा आएको छैन, मुचुल्का उनठाउने काम भईरहेको छ ।त्यसपछि जानकारी होला ।
त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुइ वटा डेक्सटप कम्प्यूटर कामैनलाग्नेगरी फूटाएको र विभिन्न कागजातहरु नियन्त्रणमा लिएर जनाएको छ ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकार र संघर्ष समितिको कार्यदलले वनाको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा कार्यान्वयन नगरेकाले आफूहरु संघर्षमा जान बाध्य भएको मधेश प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले जानकारी दिए।
उनले भने, अर्थमन्त्रालय, राष्ट्रबैंकका प्रतिनिधी र संघर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा सरकाले कार्यान्वन गर्न चाहेनन्, पीडितहरुले पीडा खप्न नसकेपछि आजको कार्वाही भएको हो। यो देशव्यापी रुपमा भएको छ ।
आगलागी संलग्न रहेको आरोपमा करिव १० जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्किले जानकारी दिए । उनले आगलागी किन गरेको हो भन्ने विषयमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post