सिरहाको धनगढीबाट ३५० किलो खोटेसल्लाको जरा बरामद

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

सिरहा, ११ भदौ। डिभिजन वन कार्यालय सिरहा लहानले सात बोरा खोटेसल्लाको जरा बरामद गरेको छ। विशेष सूचनाको आधारमा धनढीमाई नगरपालिका १४ चुरे वन क्षेत्रबाट सात वटा बाराका करिव तीन सय ५० केजी खोटेसल्लाको जरा आज मङ्गलवार विहान बरामद गरेको डिभिजनल वन कार्यालय लहानका प्रमुख अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

रातभरीको प्रयासपछि बिहान ३ बजे सब डिभिजन वन कार्यालय, धनगढीको नेतृत्वमा डिभिज वन कार्यालयका एएफजीको सन्युक्त गस्ती टोलिले उपरोक्त परिणामको खोटेसल्ला बरामद गरेको प्रमुख अधिकृत झाले जानकारी दिए ।

सामान बोकेर आएका भरीयाहरु वन कर्मचारी आएको सूइँको पाएर बोरा छोडेर भागेको हुने सक्ने वन कर्मचारीले बताए।

पहाडीभागबाट चुरेहुँदै चोरी निकासीभएको खोटे सल्ला धुप बाल्नको लागि तराईका बजार तथा भारतीय बजारसम्म पुग्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित