भदौ ६ सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ मा रहेको रामप्रताप रामप्रसाद तामङ जनता बहुमुखी क्याम्पसमा भएको आर्थिक हिनामिनाको विषयमा छानविन गर्न समिति गठन गरेको छ।
क्याम्पस सभाले गरेको निर्णयभन्दा बढी रकम असुल गरेको र बढी असुल भएको रकमको कुनै हिसाव नदेखाएको विषयमा छानविन गर्न क्याम्पस व्यवस्थापन समितिले प्रदेश सभासदस्य मनोज कुमार सिंहको नेतृत्वमा समिती गठन गरेको हो।
क्यापसको साधारणसभामा क्यामपस प्रमुख किशोर कुमार साहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा विभिन्न शिर्षकमा वार्षिक ११ हजार ५ सय ५० रुपैयाँ शूल्क लिने उल्लेख गरिएको छ। तर क्यामपस प्रमुख साहले आर्थिक प्रतिवेदनको ठाडो उलङ्घन गर्दै बढी शुल्क लिने गरेको छ।
क्याम्पस प्रमुख साहको निर्देशनमा विद्यार्थीसँग १६ देखि १८ हजारसम्म वर्षिक रुपमा लिने गरेको छ। त्यसरी बढी असुल गरिएको रकमको प्रतिवेदनमा कुनै हिसाव उल्लेख गरीएको छैन। स्नातक र स्नातकोत्तरसम्मको पढाई हुने यस क्याम्पसमा चारसय जना विद्यार्थी अध्ययन गरिरहेका छन्।
पछिल्लो ११ वर्षदेखि निरन्तर क्याम्पस वप्रमुख रहँदै आएका किशोर कुमार साहले समितिलाई पनि प्रभावित पार्ने गरेको छ। पछिल्लो पटकको समय सकिएको पनि वर्षौं वितिसक्दा पनि उनी अवैधरुपमा प्रमुखको जिम्मेवारीमा रहँदै आएको छ।
क्याम्पस प्रमुख साह स्थाई माध्यमिक शिक्षक समेत हुन्। उनी पुनः तेस्रो कार्यकालको लागि क्याम्पस प्रमुख बन्ने प्रपञ्चमा सक्रिय रहेका छन्।
यस विषयमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान लामाले क्याम्पसमा प्रमुख परिवर्तन विषयमा पटक पटक छलफल भएको बताए । वैठकमा छलफल भएपनि नयाँ क्याम्पस प्रमुख छान्ने अझै टु्गो लागेको छैन।


















Discussion about this post