सिरहामा बालिकामाथि करणी प्रयास आरोपमा एक युवक पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
721
VIEWS

सिरहा, सिरहा प्रहरीले १५ वर्षिया बालिकामाथि जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । घटनापश्चात फरार रहेका कर्जन्हा नगरपालिका ४ बडहराका २२ वर्षिय शुशिल सदायलाई विशेष सूचनाको आधारमा आफ्नै घरबाटै शनिवार विहान प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका सदाय घरमा आएको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट पुगेका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । घटनाको सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित