काठमाडौं । गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट आफैं विमानबाट निस्किएको खुलेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी आफैं दुर्घटनाग्रस्त विमानबाट निस्किएर सुरक्षाकर्मीतर्फ गइरहेको देखिन्छ ।
सो विमान आकाशबाट झरेपछि कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो । पाइलट रहेको ककपिटतर्फको भाग कन्टेनरभित्र परेको थियो भने पछिल्लो भाग उछिट्टीएर एक सय मिटर टाढा पुगेको छ । ककपिट छुट्टिएका कारण पाइलट शाक्य बाँच्न सफल भएका हुन् । ककपिटमा ढिला मात्र आगो लागेको थियो ।
उनी दुर्घटनाग्रस्त विमानबाट निस्किएलगत्तै सुरक्षाकर्मीले उनलाई त्यहाँबाट अस्पताल पुर्याएका थिए । सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । शुक्रबार उनलाई आइसियुबाट सामान्य क्याबिनमा सारिएको डा.मिना थापाले जानकारी दिइन् । १९ जना सवार रहेको सो विमानमा पाइलट शाक्य मात्र बाँच्न सफल भएका हुन् ।
Discussion about this post