गाेलबजारमा काम समपन्न नै नगरि वडा अध्यक्षको सिफारिस

हरियो पाटी

हरियो पाटी

606
SHARES
830
VIEWS

सिरहा ११ साउन । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिकोलागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकवती र सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाईएको हो ।

गत आर्थिक वर्ष २०८०÷०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो।

थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताए । यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी कार्यसम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ ।

वडा अध्यक्ष यादवले अन्तिम समयमा योजना संशोधनगरी कोटेशनमा काम गराउनुले पनि सेटिङ्को गन्ध आएको स्थानिय रविन्द्र यादवले बताए । उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।

काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् ।
सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ। कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भईनसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ ।

तर,वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए । उनले सामाजिक सञ्जालमा, गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आथिर्क मशान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, असल प्रशंसनिय कार्य लाई ।यता, सडक वत्तिको काम सम्पन्न भएको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाए ।

प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ,तर भुक्तानीको विषयमा मैले पनिबुझनुपर्ने बताए ।
काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसीले आमाको पेटमा भएको ब्चाको जन्मदर्ता बनाउने सरह भएको मुर्खता भएको संज्ञा दिए उहाँले काम पुरा नभएसम्म कार्य सम्पन्नताको सिफारिसदिनु नै गैर कानुनी हुने बताए ।

वडा अध्यक्ष यादवले काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गरेका छन् । उनले भने अहिलेपनि काम जारी नै छ ।

ठेक्केदारलाई छिटै सकाउन भनेको छु । काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा भईनसकेको बताए । उनले भने, ‘रकम निकासा गरीएको छैन।

समयमा कार्य सम्पन्न नभएपनि कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्वरमा राखिएको छ ।  वडा अध्यक्ष यादवले काम सम्पन नै नगरी भुक्तानीको सिफारिस दिएको वडा अध्यक्ष यादवको बिपक्षमा स्थानीयले अख्तियरमा मुद्दा हाल्ने तैयारी भैरहेको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित