नुहाउने क्रममा कमला नदीमा डुवेका बालक बेपत्ता

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सिरहा, २९ असार। सिरहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपरान्ह डुवेका बालक अझै फेला परेको छैन। कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ छोरा क्षितिज यादव साथीहरुसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ताा भएको हो।

सिरहा सदरमुकाम बस्दै आएका क्षितिजसव परिवार गाउँमा दिदीको विवाहमा आएका थिए। विवाहमा गएको बेला साथीहरुसँग नुहानउने क्रममा पानी धेरै भएको ठाउँमा हामफालेका कारण डुवेका हुन सक्ने कल्याणपुर नगरपालिका ६ का वडा अध्यक्ष दिनेश कुमार साहले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय सिरहाका डिभिजनल इन्जिनियरसमेत रहेका रामदेव परिवारसहित सिरहा सदरमुकाम वस्दै आएका छन्। ‘क्षितिजलाई कहाँ कति पानी छ भन्ने थाहा भएन होला। धेरै पानी भएको ठाउँमा हामफलेको हुन सक्छस अध्यक्ष साहले भने।

अपरान्ह करिव एक बजे पानीमा डुवेका बालक अझै फेला परेको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले खोजि कार्य गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी मुक्तिनाथ साँपकोटाका अनुसार खोजी कार्य जारी रहेको छ।

उनले अहिले अवेरसम्म फेला परेको र इलाका प्रहरीकार्यालय मिर्चैया र कल्याणपुरका टोलि तथा सशस्त्र प्रहरीको संयुक्त टोलिले खोजी गरिरहेको प्रहरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित