सिरहामा सर्पको टोकोईबाट एक महिलाको मृत्यु

हरियो पाटी

हरियो पाटी

539
SHARES
739
VIEWS

सिरहा, २८ असार। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएकोछ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय रामदुलार यादवले जानकारी दिए।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प देखेपछि सर्प भेटिएको थियो।

जानकारी पाएलगदै चोहर्वा नेपाली सेना गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएपाछि ।

लगतै कर्जन्हा पुर्याएपनि उनको उपचारकाे क्रममा मृत्युु भएको वडाअध्यक्ष हरिसरण ठाकुरले बताएका छन ।
खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित