सिरहा, १० असार । सिरहा नगर विकासको लागि सवै दल र व्यक्तिको सहयोग आवश्यक रहेको पुर्व मन्त्री तथा प्रतिनिधि सभासदस्य लिलानाथ श्रेष्ठले बताएको छ ।
सिरहाको गोलबजार नगरपालिकाले आयोजना गरेको ११ औं नगर अधिवेशनको उद्घाटन कार्यक्रमा पूर्व मन्त्री समेत रहेका श्रेष्ठले विकासको काममा सवै एक जुट हुनुपर्ने बताएको हो ।पुर्व मन्त्री श्रेष्ठले हामी चुनावमा निश्चित पार्टीको टिकट र छाप लिएर उठ्छौं; निर्वाचित भईसकेपछि जनप्रतिनिधी भनेको सवैको साझा हुनुपर्छ भन्दै जनप्रतिनिधीहरुले आ–आफ्नो क्षेत्रबाट विकासको काममा लाग्न आव्हान गरेको छ ।
उहाले विकासमा सहकार्यको साथै यसको निगरानी पनि जरुरी रहेको बताए । उहाले भने हामी विकासको योजना ल्याउन, विकासको काम गराउन एक जुट हुनै पर्छ । त्यसको साथै विकासको कामहरुको उचित निगरानीको पनि जरुरी छ ।मन्तव्यकै क्रममा कपत्रकारहरुले नगरपालिकाका जनप्रतिनिध र कर्मचारीलाई विनाकारण दुःख दिएको भन्दै आक्रोस समेत व्यक्तगरे पत्रकारहरुले भए नभएको विषय लेखेर, जनप्रतिनिधी र कर्मचारीलाई टर्चर’ दिएको भन्दै नियतवस गोलबजारका जनप्रतिनिधी र कर्मचारीलाई दुःखदिएको आरोप लगाए ।
सोही क्रममा उनले गोलबजार लगडी गदियानी सडकको काम सुस्त र गुणस्तरहिन भएको भन्दै त्यसमा सबैको निगरानी आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा मधेश प्रदशेका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले गोलबजार सहित सिरहाको विकासमा आफ्नो तर्फबाट सवैखालको पहल कदमी रहने बताए । उनले भने प्रदेशमा सरकार गठनको चटारोविच बनेको बजेटमा गोलबजार तथा सिरहाको विभिन्न योजना किटान गरेरै राम्रो बजेट निर्माण गरेको छु । योजना लागुभएपछि सवैले सहजै जानकारी पाउने छन् बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य साहिदा खातुन, मनोज कुमार सिंह, नेपाली काँग्रेसका चन्द्रेव यादव, नेकपा एमालेका नगर अध्यक्ष राजकिशोर महतो, नेकपा –माओवादी केन्द्र)का नगर अध्यक्ष जीवन कुमार यादव, जनता समाजवादीका नगर अध्यक्ष हरिनारायण यादव, जनमत पाटिका नगर अध्यक्ष रामप्रदेश महतो, लोकतान्त्रिक समाजवादी पार्टीका रामऔतार यादव, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहलगायतले नगरसभा सफलताको कामना गरेका थिए ।
उनीहरुले नगरसभाको सफलताको कामनासँगै नगरको बिकास बारेमा पनि आफ्ना भनाईहरु राखेका थिए । बक्ताहरुले नगरमा हुने विकासका काममा उपभोक्ता समिति गठन हुने र समिले ठेकेदारमार्फत काम गर्ने परिपाटी मौलाएको भन्दै यसलाई बन्द गर्न आग्रह समेत गरेको थियोे ।
नगर प्रमुख श्याम कुमार श्रेष्ठले उपभोक्ता समिति गठन गर्ने र समयमा काम नगर्ने परिपाटी बढेको र ठेकेदारलाई जिम्मा लगाउने यसलाई कसरी नियमन गर्ने सहि ढङ्गले काम गर्ने भन्ने बारेमा छलफलगर्ने बताए ।सोही क्रममा नगर प्रमुख श्रृष्ठले नीति तथा कार्यक्रम प्रस्तु गरेका थिए । नीति तथा कार्यक्रममा छलफल पछि आज बजेट सहितको नीति तथा कार्यक्रम पारीत गर्ने नगर प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
नीति तथा कार्यक्रममा नगर बासीको अपेक्षा अनुसारनै बजेट बिनियोजन गरेको भन्दै यसमा सबैलाई सहयोग गर्न नगर प्रमुख श्रेष्ठले आग्रह गरेको बताए ।
Discussion about this post