नेपाल र श्रीलङ्काबीचको खेल पानी परेपछि खेल रद्द

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि खेल रद्ध भएको छ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको थियो।

मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टसपनि हुन नसकी खेल रद्द भएको हो। योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी थियो। तर, लगातार पानी परेपछि टससमेत नभइ खेल रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।

अंक बाँडेसँगै नेपालले २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट एक अंक बनाएको श्री लंका अंक तािलकाको पुछारमा छ।

नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित