गाेलबजारमा हिमालाय पब्लिक स्कूलले मनाए वातावण दिवस

Picture of हरियो पाटी

हरियो पाटी

548
SHARES
750
VIEWS

सिरहा, २३ जेठ। विश्व वातावरण दिवसको अवसर पारेर गोलबजारस्थित हिमालाय पब्लिक स्कूलले र्यालीसहित विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा विद्यार्थीहरुको सहभागीतामा स्कूलले वातारण संरक्षण र सम्वर्धनसम्वन्धि विभिन्न नारासहित नगर परिक्रममा गरेको हो।

सोही क्रममा स्कूलले नगर शिक्षा शाखा र वडानम्वर ६ वडा कार्यालयलाई फोहर राख्ने भाडो प्रदान गरेको छ।विद्यार्थीले विभिन्न जातका फल–फूलका विरुवाहरु विद्यालय परिसर र गमला रोपेको छ।

बातावरण संक्षणमा प्रत्यक व्यक्तिको योगदान आवश्यक हुन्छ भन्ने शिक्षा दिनको लाग विद्यार्थीहरुलाई दिवसको अवसर पारेर विरुवा रोप्न हौस्याएको विद्यालयका संस्थापक प्रिन्सिपल पुरुषेतम बुढाथोकीले जानकारी दिए। उनका अनुसार प्रत्यक विद्यार्थीले आफ्नै घरबाट विरुवाहरु ल्याएका थिए।

मानवता भूमिमा निर्भर रहेपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाश मानिसहरु आफैले गरिरहेको बताए।

वातावरणमा सिधै प्रतिकुल असर पर्ने खालका गतिविधिहरु रोक्न सवैको दायित्व रहेको उनले बताए।
जिल्लामा विभिन्न संघ संस्था र अन्य विद्यालयहरुले पनि विश्व वातावरण दिवसको अवसर पारेर कुम्भी खाडिमा वृक्षा रोपणसहित विभिन्न कार्यक्रमहरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित