गोलबजार नगरपालिकाले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइए

हरियो पाटी

हरियो पाटी

548
SHARES
751
VIEWS

सिरहा, १५ जेठ। गोलबजार नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

दिवसको अवसरमा नगरपालिकाले नगरक्षेत्रबाट अधिक नम्वर ल्याएर अधारभुत तह उतिर्ण तीन जनालाई सम्मान र पुरस्कार प्रदान गर्दै सरसफाइ तथा प्रभात फेरी सम्पन्न गरेका छन्।
पालिकाभरिका सामुदायिक विद्यालयबाट कक्षा ८ अत्यधिक नम्वर ल्याएर उत्तिर्णगर्ने छात्र छात्रालाइृ सम्मान सहित पुरस्कार प्रदान गरेको हो।

परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नगर प्रमुख श्याम कुमार श्रेष्ठले नगद तथा दोसल्ला ओढाएर सम्मान गरेका छन्।
अधारभुत तह उतिर्ण पहिलो हुने जन्ता अधारभुत बिद्यालय चन्द्रलालपुर चोहर्वाका सुजित कुमार यादव र दोस्रो रन्जन कुमार साह भएका छन्। त्यसैगरी, तेस्रो जनता अधारभुत बिद्यलय लालपुर टाेड्केका अजयकुमार मण्डल रहेका जिन्सी शाखा प्रमुख निरन्ज साक्यले जानकारी दिए ।

पहिलो संविधानसभा २०६४ बाट निर्वाचित जनप्रतिधीले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा गरेका थिए। त्यहिदिनदेखि प्रत्यक वर्ष जेठ १५ गतेलाई नेपाली जनताले गणतन्त्र दिवसको रूपमा मनाउनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित