काठमाडौँ । प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्ला नछोड्न परिपत्र गरिएको छ । गृह मन्त्रालयले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रजिअहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको हो । देशभर बढ्दो आगलागीका घटनालगायत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन जस्ता आकस्मिक रूपमा आइपर्ने महत्त्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकोले जिल्ला नछोड्न भनिएको हो ।
आम नागरिकको शान्ति सुरक्षासँगै आइपर्ने जोखिम न्यूनीकरणका लागि पनि गृह प्रशासनको अहम् भूमिका रहने र यति बेला आगलागीका घटना बढिरहेकोले थप चुस्त, दुरुस्त र प्रभावकारी रहन यस्तो निर्देशन दिइएको गृह सचिव अर्यालले प्रशासनलाई बताए ।
Discussion about this post