केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् ।

सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ दिन निर्देशन दिएको छ । अदालतले अब अप्रिल २९ मा केजरीवाल मुद्दाको सुनुवाइ गर्ने भएको छ ।

केजरीवालका वकिलले अप्रिल १९ मा सुनुवाइका लागि मुद्दाको सूची बनाउन माग गरेका थिए तर सर्वोच्च अदालतले चाँडै सुनुवाइ गर्न अस्वीकार गर्दै मुद्दालाई २९ अप्रिलमा सुनुवाइका लागि सूचीकृत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीश सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तको इजलासले केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवालले यस अघि आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दिल्ली उच्च न्यायालयमा पुगेका थिए तर उच्च न्यायालयबाट उनले राहत पाएनन्, त्यसपछि केजरीवाल सर्वोच्च अदालत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित