गाेलबजारमा सुविधा सम्पन्न अस्पतालको खाँचो छ नगर प्रमुख श्रेष्ठ

Picture of हरियो पाटी

हरियो पाटी

589
SHARES
807
VIEWS

सिरहा, २ बैशाख। गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले नगरमा एउटा सुबिधा सम्पन्न सेवामुखी अस्पतालको अवसक्ता रहेको बताए।

सञ्चालनको संघारमा रहेको सेवा कबिर गोलबजार अस्पताल प्रा.लि.गोलबजार ६ को प्रसाद ग्रहन तथा अस्पताल अवलोकन गर्दै नगर प्रमुख श्रेष्ठले सेवामुखि अस्पतालको आवश्यकता रहेको बताएको हो।

मेयर श्रेष्ठले सेवाभावसहित दक्ष स्वास्थ्यकर्मी र सुबिधा सम्पन्न अस्पतालको खाँचोरहेको बताए। ‘अस्पतालको ठुलो बोड झुण्ड्याएरमात्र हुदैन्न, गोलबजारमा एउटा यहाँको आवश्यकता पूर्तीगर्न सक्ने सेवा सुबिधा सम्पन्न जरुरी छ।

यो अस्पतालले त्यस्तो सेवा प्रदान गर्ने विश्वास छ।’
उनले अस्प्तालहरु धेरै खुलिरहेपनि अझै सुविधायुक्त हुन नसेकोमा चिन्ता व्यक्त गरे। सुबिधा सम्पन्न अस्पताल संचालन गर्न नगरपालिका बाट गर्नुपर्ने सहयोग गर्न आफू जुनसुकै बेला तयार रहेको बताए ।

सेवा कबिर गोलबजार अस्पताल प्रा.लि. सनिवार बाट संचालनल भएको अध्यक्ष सुनिल कुमार सिहले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित