कृषि पेसा लाई आकर्षक बनाउनु पर्छ कृषि मन्त्री साह

हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

 २८ चैत। सिरहा सिरहाको गोलबजार नगरपालिका २ गुरुधामस्थित कुम्भीखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वर्षिक साधारणसभालाई सम्वोधनगर्दै देश विकासको लागि कृषिमा उचित लगानी आवश्यक रहेको बताएकी हुन्। कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषिकै माध्यमबाट देश समृद्ध बन्न सक्ने जिकिर गरेकी छिन्।

देश विकासमा महत्वपूर्ण योगदान पुर्याउनसक्ने अवस्था हुँदाहुँदैपनि कृषिमा उचित लगानी नभएको भन्दै मन्त्री साहले भनिन्, ‘देश समृद्ध बनाउन कृषिको महत्वपूर्ण योगदान रहने बुझ्दाबुझ्दै पनि यो मन्त्रालय अनाकर्षक मन्त्रालयको रुपमा परिचित छ। कृषिमा लगानी वृद्धि गर्दै उत्पादकत्व बढाएर देश समृद्ध बनान र मन्त्रायलाई पनि आवर्षक बनाउन जरुरी छ।’

उनले स्थानीय र प्रदेश सरकारले पनि कृषिको दिगो विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिए।

सोही क्रममा उनले आफू प्रकृयाभन्दा कृषिक्षेत्रलाई आधुनिक, उत्पादनमुलक र व्यवसायीक बनाउन नीतिनिर्माणमा जोडदिने बताए। उनले भने, ‘कृषि विकासको लागि हामीले धेरै काम गर्नु पर्ने छ। त्यसेको लागि सवैभन्दा पहिला नीति आवश्यक रहेकोले म प्रकृयामा भन्दा नीति निर्माणमा बढी जोड दिन्छु।’

उनले कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीक, उत्पादनशील बनाएर यो पेशा र बन्त्रालय दुवैलाई आवर्षक बनाउने सरकारको दायित्व रहेको बताए।

प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले कृषि पेसा र मन्त्रालय दुवै जोखिमपूर्ण रहेको बताए। उनले सरकारी उदासिनता र भरपर्दो सिंचाईको व्यवस्था नहुँदा कृषि पेसा जोमिमा परेको बताए। उनले व्यक्ति पिच्छे बोर्डिङ दिन सम्भव नरहेको भन्दै भरपर्दो सिंचाईको व्यवस्था गरिनु पर्नेमा जोड दिए।

फरक प्रसङ्गमा पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले लिपुलेक, लिम्पियाधुरासहितको भारतले कब्जा गरेरको नेपाली भुमी फिर्ता गर्नुपर्ने बताए। उनले भने, ‘भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूमी सरकाले तत्काल भारतसँग बार्ता गरेर गरेरको भूमी तत्काल फिर्ता गर्नुपर्छ।’

कार्यक्रममा प्रदेशसभा सदस्य मनोज सिंह, सिरहा नगरपालिकाका मेयर नविन यादव, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मानतीसाह लगायतले मन्तव्य व्यक्त गरेका थिए।

गोलबजार नगरपालिका वडा नम्वर २ का अध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष सुकदेव सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमको सञ्चालन योगेन्द्र सिंह र स्वागत रेनुदेवी महतोले गरेका थिए।

कुम्भीखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडले ११ औं वर्षिक साधारणसभाको अवसर पारेर आफ्ना शेयधनीहरुलाई प्रेसरकुकर प्रदान गरेको छ। संस्थाको शेयर बोनस कोषबाट ७ सय १३ जना शेयरधनीहरुलाई प्रसरकुकर प्रदान गरिएको संस्थाका प्रवन्धक संजय कुमार साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1