भारतमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु (नामसहित)

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौं । भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु र दुई जना घाइते भएका हुन् ।

वान इण्डियाका अनुसार सोमबार राती साढे १० बजे भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । जसमा सात नेपाली रहेका छन् । सवारी २०० मिटर मुनी खसेको थियो ।

मृत्यु भएका नेपालीहरूमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् ।

दुर्घटनामा शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपी मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1