पत्रकार थपलियालाई ज्यानमार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

सिरहा, २३ चैत। प्रेस सेन्टर नेपाल, सिरहाले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई जाइन मार्ने धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस सेन्टर नेपाल प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंहलेआज प्रेस विज्ञप्ती जारी गर्दै दावानल अनलाईनका कार्याकारी सम्पादक सिरहा गोलबजार नगरपालिका २ निवासी अर्जुन थपलियालाई समाचार लेखेकै कारण अश्लि शब्दहरु प्रयोग गरी गोली हानेर मार्ने सम्मको धम्की दिएको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तीमा, गरीमामय पदमा रहेका व्यक्तिले पत्रकारले समाचार लेखेकै कारण गत बुधबार अश्लिल गाली गलौज, धाक धम्की तथा गोली हानेर हत्या गर्ने सम्मको धम्कीदिनुले नेपालको कानुनकै धज्जी उडाएको छ।

समाचार प्रति विमति भए कानूनी उपचारको बाटाहरु खुला हुँदाहुँदै पदको दम्ब प्रदर्शन गर्दै गोली हानेर मार्ने धम्की दिनु कानूनी राज्य, संविधानवाद, प्रेस स्वतन्त्रता र मानव अधिकारको ठाडो उलंघन हो। यस्तो निन्दनिय अभिव्यक्तिको घोर भर्त्सना गर्दछ ।

‘यस घटनाको छानविन गरी ज्यान मार्ने धम्की दिने प्रमुख प्रशासकीय अधिकृत लाई कानूनी दायरामा ल्याउन र पत्रकार थपलियाको ज्यानधनको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माँग गर्दछौं। आज जारी विज्ञप्तीमा उल्लेख गरीएको छ।

पत्रकार थपलियाले नगरपालिकाले गरका काममा देखिएका त्रुटी, कमजोरीहरुलाई औंल्याएर निरन्तर समाचार लेख्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित