गोलबजारमा सातौं मेयर गोल्ड कप बिहिबार बाट सुरु हुँदै

Picture of हरियो पाटी

हरियो पाटी

548
SHARES
750
VIEWS

सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबजार मेयर गोल्ड कप फूटवल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको आयोजनामा गोलबजार २ गुरुधामको खेल ग्राममा भोली विहिवारबाट अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता हुन लागेको गाेलबजार नगरपालिकाले जनाएको हो।

प्रतियोगितामा नेपाल र भारतका एकसहित आठ वडा फूटबल टिम सहभागी हुने नगर प्रवक्ता संजित लामाले जानकारी दिए। प्रतियोगिताको आज पत्रकार सम्मेलनगरी नेपालका विभिन्न ठाउँका सात र भारती यूपीको बनारसका एक टीम प्रतियोगितामा सहभागी हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हरजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने नगर प्रवक्ता लामाले जानकारी दिए।

उनका अनुसार भोली १५ गतेको उद्घाटन खेल बागमती युवा क्लव सर्लाही र गोलबजार स्पोर्टस क्लव गोलबजारबीच हुने जनाएको छ।

त्यसैगरी १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्सा, १७ गतेको चाल्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ।

प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
प्रत्यक खेलमा म्यान अफ द म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित