सिरहमा एकै सातामा तीन महिलाको आफ्नै श्रीमानबाट हत्या

Picture of हरियो पाटी

हरियो पाटी

660
SHARES
904
VIEWS

सिरहा, १ चैत। एक साताको अवधिमा सिरहामा तीन महिलाको आफ्नै श्रीमानबाट घाँटीरेटी हत्या भएको छ। सिरहको लक्ष्मीपुर पतारीमा आज पुनः एक महिलाको आफ्नै श्रीमानले धारीलो हतियार प्रहारी गरी हत्या गरेको हो।

लक्ष्मीपुर पतारी ६ सीतापुरका ५५ वर्षिय कुमियादेवी दासलाई उनको श्रीमान रामसितल दासले धारीलो हतियार प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमती खेतमा काम गरिरहेको अवस्थामा दासले धारीलो हतियारले सरिरको विभिन्न भागमा प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले हत्यामा संलग्न दासलाई नियन्त्रणमा लिईसकेको जनाएको छ।

प्रहरीले शव उठाउन प्रकृति मुचुल्का उठाउने काम भईरहको र हत्या गर्नुको कारणबारे अझै अनुसन्धान गरिरहेको जनाएको छ।

तीनदिन अघि गत फागुन २७ गते सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको थियो। प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। उनले बाख्रा चराउन गएका श्रीमतीको चौरमै घाटी रेटेर हत्या गरेको बताइएको छ।

त्यसैगरी, गतमाघ २६ गतेका दिन गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार महतोलाई आफ्नै श्रीमती ३५ वर्षिय अनिता कुमारी साहको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनको आफ्नै घरभित्र धारीलो हतियारले घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित