सिरहा – एक जना कार्यालय सहयोगीको निधनमा सिरहा नगरपालिकाले एक दिनका लागि शोक बिदा दिएको छ ।
वडा नं। ८, मा रहेको वडा कार्यालयका सहयोगी इन्द्र देव यादवको निधनमा नगरपालिका, मातहतको कार्यालय तथा विद्यालयहरुमा बिदा दिइएको हो । नगरपालिकाले एक सूचना निकालेर शोक विदा दिएका हुन् ।
सूचनामा शोक विदाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ । वडा कार्यालयका सहयोगी यादवको आफनै निवासमा निधन भएको नगर प्रमुख डा.नवीन यादवले जानकारी दिए ।
Discussion about this post