सिरहामा फेरि एक महिलाको हत्या, 

हरियो पाटी

हरियो पाटी

624
SHARES
855
VIEWS

सिरहा, २७ फागुन। सिरहामा आफ्नै श्रीमानले एक महिलाको घाँस काट्ने हसियाले घाटी रेटी हत्या गरेको छ। सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जनाएका छन। ।

जिल्ला प्रहरी कार्यालयले श्रीमतीको हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रीमानले हत्याको जिममा लिएपनि कारणभने अझै खुलाएको छैन।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जनाएका छन। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

त्यैगरी, हिजो शनिबार सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको छ। गोलबजार नगरपालिका ६ का करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या भएको छ।

प्रहरीले अनिताको हत्या अभियोगमा उनकै श्रीमान ३५ वर्षिय महेन्द्र कुमार साहसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।अन्य महिलासँग लहसिएको विषयमा श्रीमतीसँग पटक पटक विवाद हुँदै आएको स्थानीयले हत्या महेन्द्रले नै हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ। राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1