दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।

बस आज बिहान ५ बजे  गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए ।ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1