लागुऔध दुव्र्यसनले मधेश आक्रान्त बन्दै : पूर्व मन्त्री श्रेष्ठ

Picture of हरियो पाटी

हरियो पाटी

532
SHARES
729
VIEWS

सिरहा, २० फागुन। प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले लागुऔषध दुव्र्यशनका कारण मधेशका युवापुस्ताको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

सिरहाको गोलबजार ६ मा स्थापीत सिरहा पुनरस्थापना केन्द्रको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले खुल्ला सीमानाका कारण लागुऔषधमा सहज पहुँचले मधेशका ८ जिल्लाका युवाहरु कुलतमा फसेको प्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले खुल्ला सीमानाका कारण मधेशका जिल्लाहरु प्रयोगकर्ता र याहाँबाट अन्य ठाउँमा लागु औषध पुर्याने समेत गरेको उल्लेख गरे। उनले भने, ‘मधेशका जिल्लाहरुमा प्रयोगकर्ताको संख्या दिनानुदिन बढी रहेको छ। साथै यहाँबाट अन्य जिल्लामा पुग्नेगरेको सूचनाहरु आईरहेको हुन्छ।’

सोही क्रममा उनले यस पुनरस्थापना केन्द्रले सामाजिक सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भने, ‘यो व्यवसायसँगै सामाजिक कार्य पनि हो। यहाँका युवाहरुले नयाँ सोचकासाथ थाल्नुभएको यो कार्यको म सफलताको कामना गर्दछु।’

केन्द्रका संस्थापक अध्यक्ष आनन्द रहपालको अध्यक्षामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मनोज सिंह, जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप लामा, इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्की, सशस्त्र प्रहरीका इन्सपेक्टर आसुतोस चौधरीलगायतका उपस्थिति रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित