गोलबजारमा प्राध्यापकहरुले नै माँगे क्याम्पस प्रमुख किशोर साहको राजिनामा

हरियो पाटी

हरियो पाटी

622
SHARES
852
VIEWS

सिरहा, १९ फागुन । सिरहा गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका प्राध्यापकहरुले क्याम्पस प्रमुख किशोर साहको राजिनामा माँग गरेका छन् । क्याम्पसजस्तो गरिमामय संस्थालाई व्यक्तिगत ढङ्गले एकलौटी प्रकारले चलाएर क्यापसको गरिमा धमिल्याँउने काम गरेको भन्दै राजिनामा माँग गरेको हो ।

प्रध्यापकहरुले क्याम्पस प्रमुखको कार्यावधि सकिएको एक वर्षभन्दा लामो समय भईसक्दा पनि अर्को कार्याकालको लािग पहलसम्म नगरेर क्याम्पसलाई अभिभावक विहिन बनाई रहेको आरोप लगाएको छ । जसका कारण हरेक क्रियाकलापहरु सुचारु रुपले सञ्चालन हुन नसक्दा क्याम्पसको गरिमा धमिलिदै गएको प्रध्यापकहरुको भनाई रहेको छ ।

उनीहरुले क्याम्पस विधि विधानअनुसार चल्नुपर्ने संस्था भएपनि प्रमुले आफ्नो अनुकुल चलाउँदा बेथितिहरु मैलाएको प्रध्यापकहरुको भनाई रहेको छ । प्रध्यापकहरुले सहायक क्याम्पस प्रमुखलाई दिएको जिम्मेवारीप्रति वेवास्ता गर्नु, क्याम्पसका सम्पूर्ण समस्याहरुलाई निरारकण गर्न नसकेकाले तत्काल पदबाट राजिनामा दिई क्याम्पसलाई सहज वातावरणमा पुर्याउन माँग गरेको छ ।

क्याम्पसको दुइ कार्यकाल गुजारी सक्नुभएपनि साहले आफ्नो संस्थाको विधानमिचेर तेस्रो कार्याकालको लागि पनि प्रयास गरिरहेको क्याम्पस सञ्चालक समितिका सदस्य बिजय साहले बताए । उनले भने, उहाँको दुई कार्यकाल समाप्त भईसकेको छ, हामीले नयाँ ढङ्गले अगाडी बढ्ने प्रयास गर्दा पनि प्रमुख साहले विभिन्न बाहाना वनाएर टुङ्गोमा पुग्न दिईहेको छैन ।

ती सदस्यले क्याम्पस प्रमुखमाथि अनिमितताको आरोप समेत लगाए । उनलेभने, उनहाँले कतिपय ठाउँमा आर्थिक अनियमितता पनि गरिरहेको भन्ने हामीले सूचना पाएका छौं, त्यसको विषयमा पनि छलफल चलिरहेको छ ।

यता क्याम्पस प्रमुख साहले एकै ठाउँ कामगर्दा कतिपय असन्तुष्टिहरु हुनु स्वभाविक भएको भन्दै उहाँहरुको राजिनामा माँगको विषय बेतुकको रहेको छोटो प्रतिक्रिया दिए ।
क्याम्पसका संस्थापक अध्यक्ष रामप्रताम तामाङ्गको निधनपनि कार्यबाहक समितिकै रुपमा चलिरहेपनि क्याम्पस प्रमुले आफ्नो अनुकुलतामा समितिलाई पनि प्रयोगगर्ने गरेको समितिकै सदस्यहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित