खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।  यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।

प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।  हाल देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियान देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित