संसद भवनको सुरक्षामा त्रुटि प्रहरी निरीक्षकसहित ३२ जनाक हेडक्वार्टर तानिए

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौं सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरिरहेका छन्।

सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापासँग संघीय संसदभित्र प्रदर्शनकारी पसेको घटनाबारे सोधपुछ गरिरहेको स्रोतले बतायो।

‘आजको घटनामा कमीकमजोरी किन भयो भनेर तीनै जना आइजिपीहरूलाई एकै ठाउँमा राखेर सोधपुछ गरिरहनुभएको छ,’ स्रोतले भन्यो।

मन्त्रालयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पनि छन्। यस्तै, मन्त्रालयका सचिव, सहसचिवहरू पनि उपस्थित छन्। गृहमन्त्री श्रेष्ठले अबदेखि यस्ता घटनामा कमीकमजोरी हुन नदिन पनि निर्देशन दिएको स्रोतले बतायो।

सोमबार दिउँसो लघुवित्तका ऋणीहरू सुरक्षा निकायको आँखा छलेर संघीय संसद भवन परिसरभित्र पसेका थिए। उनीहरूले त्यहाँ पुगेर नाराबाजी समेत गरेका थिए। संघीय संसद भवन परिसरबाट ४८ जना महिला र एक जना पुरूष गरी जम्मा ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

संघीय संसद भवनमा प्रहरी निरीक्षकको कमाण्डमा ३२ जनाको टोली खटिएको थियो। उक्त टोलीकै कमजोरीका कारण लघुवित्त पीडितहरू त्यहाँ पसेको भन्दै सरकारले सबै जनालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानेको छ।

त्यहाँ अहिले नयाँ टोली राखिएको स्रोतले बतायो।

यस घटनापछि प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीका डिएसपी दिनेश घिमिरे सदस्य छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि संसद भवन आसपासमा प्रदर्शन गर्न निषेधित क्षेत्र समेत तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1